कोहलपुर,बाँके: नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिको तेस्रो अधिवेशन भोलि शुक्रवारदेखि हुने भएको छ । उदघाटन शत्रलाई नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गर्ने कार्यक्रम तय गरिएको नगर समिति अध्यक्ष अवराज खडकाले वताएका छन ।अधिबेशन पुर्व कोहलपुरका विभिन्न भाग परिक्रमा गर्दै खवरदारी रयालीको आयोजना गर्दै उक्त रयाली कोहलपुरमा रहेको भेरी शित भण्डारको सभा हलमा गएर सभामा परिणत हुनेछ ।
भ्रष्टचारको अन्त्य र शुसासनकालागि सम्पुर्ण विचारहरु केन्द्रिकृत गर्नेगरि आयोजना गरिने नगर अधिबेशनले ५५ जनाको नगर कार्यसमिती चयन गर्ने आयोजक नगर समितीले जनाएको छ । पौष १२ र १३ गते गरि २ दिन सम्म चल्ने नगर अधिवेशनले ५० जना प्रत्यक्ष निर्वाचित गर्नेछ भने ५० जनावाटै पदाधिकारी चयन र ५ जना थप मनोनित गरि नगर समिति ५५ जनाको हुनेछ ।
नगरपालिका क्षेत्रका १ हजार ४ सय ३३ पार्टि सदस्यहरुलाई १५ वटै वडावाट छनौट गरि २०२ जना प्रतिनिधि चयन गरेको माओवादी केन्द्र कोहलपुर नगर समितिले पार्टि केन्द्रको निर्देशन वमोजिम पौष मसान्तभित्र अधिवेशन सकिसक्नुपर्ने परिपत्र बमोजिम तेस्रो अधिवेशनको तयारी ९० प्रतिशत सम्पन्न गरिसकेको जनाएको छ । खुल्ला शत्र भेरी शित भण्डारमा हुने भएपनि अधिवेशनको वन्द शत्र भने सहित स्मृती भवन कोहलपुरमा हुनेछ ।
आज बुधवार कोहलपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै दिईएको जानकारी अनुसार भोलि हुने सभालाई केन्द्रिय महासचिव देव गुरुङ, प्रदेश अध्यक्ष सर्दशन वराल लगाएत नेताहरुले सम्वोधन गर्ने कार्यक्रम तय गरिएको जनाईएको छ । पत्रकार भेटघाटमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य उषा पुन, लुम्विनी प्रदेश सदस्य नरेश केसि, नगर सचिव दान वहादुर वलि, जिल्ला सदस्य रुद्र खनाल लगाएत विभिन्न पार्टिका सुभेच्छुक संगठनका पत्रकार नेताहरुको समेत उपस्थिती रहेको थियो ।