२ जेष्ठ २०८२, बिहीबार

जव ढालिन शान्तरानीले कोहलपुरेलाई हेर्नु यस्तो भयो हंगामा

महोत्सव भित्र किन आएछु भन्ने पश्चाताप नहुनेगरी समय काल परिस्थिती र सवैलाई पच्ने कला तथा सांस्कृतीक प्रस्तुती

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: राष्ट्रिय कलाकार एवं लाकदोहरी गायीका शान्तरानी परियारले पछिल्लो समय जनजिव्रोमा भुण्डिन सफल आफनो चर्चित गित पल्लारे साईलाले……ढलें, ढलें, ढलें भन्ने वोलको गित प्रस्तुत गरेपछि दर्शक दिर्घामा रहेका जोशिला युवा, युवतीहरुहरु आफु उभिएकै स्थानमा धमाधम ढल्न थालेपछि महोत्सवको महोलमा एकाएक हंगामा मच्चिएको थिायो ।

कोहलपुरको मौसम दिन ढल्किंदै जाँदा चिसो हावाले स्पर्श गर्दा थकित अनुहार लिएर ब्यग्र प्रतिक्षा गरिरहेका दर्शकहरुमाझ शान्तरानी आएपछि भने माहोल एकाएक गर्माएको थियो । आयोजकका व्यवस्थापकहरुलाई नै भिड थाम्न हम्मे पारेकी शान्तरानीका प्रस्तुतीहरुलाई दर्शकहरुले वान्स मोर भन्दै ढलें, ढलें वोलको गित दोहोराएर गाउन लगाएका थिए ।

मंगलवारदेखि शुरु भएको प्रथम कृषि पर्यटन व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव (एस्पो २०८१) को तेस्रे दिन आयोजकले सोचे भन्दा बढि दर्शकहरुकामाझ स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले महोत्सवको रौनकतालाई थप उचाईमा पुरयाएको आयोजक नेपाल आदिबासी जनजाती महासंघ नगर समन्वय परिषद कोहलपुरले जनाएको छ ।

शान्त रानी परियारका अलावा आज तेस्रो दिनकमल खत्री,गिरिस क्षेत्री खेम भगोरिया,कमल बिसी माल्दाइ लगाएतले दर्शकहरुको माग वमोजिम आफनो प्रस्तुती प्रस्तुत गर्दै भरपुर मनोरञ्जन दिएको सांस्कृतीक उप समिति संयोजक विरेन्द्र सिंहले न्युज मान सरोवरलाई वताए ।
आर्जे रास्कोटि र कल्पना कार्किको सुमुधुर उद्धघोषणका साथ शुरु भएको महोत्सवको तेस्रो दिन उल्लेख्य मात्रामा स्थानिय कलाकारहरुको पनि वेजोड प्रस्तुती रहेको थियो ।

हामीले स्थानिय कलाकारलाई भरपुर समयको ब्यबस्थापनकासाथ प्राथामिकताकासाथ स्थान दिएकाछौं, हाम्रो पराई भन्ने कुनै भेदभाव छैन आफनो लुप्त कला जस्लेपनि पस्किन पाउनुहुन्छ भन्दै संयोजक सिहंले दर्शकहरुलाई महोत्सव भित्र किन आएछु भन्ने पश्चाताप नहुनेगरी समय काल परिस्थिती र सवैलाई पच्ने कला तथा सांस्कृतीक प्रस्तुती पस्किरहेको प्रष्ट पारे । भोलि शुक्रवार गायिका पुर्णकला विसि, सानु कुस्मि, विष्णु सिंजाली मगर, शिव शंकर रिजाल (राजेन्द्र), सुरेन्द्र केसि (मुला साग) डिजराज पौडेलको प्रस्तुती रहनेछ भने कार्यक्रमको उदघोषकको भुमिका कोष खडका र ममता थापाले निभाउने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको मेलामा करिब २५० व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिईरहेका छन । महोत्सवमा बालउद्यान, बिभिन्न आर्कषक झुला, पिंग तथा नयाँ नयाँ किसिमका खेल तथा मनोरञ्जनका साधनहरु समेत राखिएको छ ।

भिडियो

  • ११ पुष २०८१, बिहीबार प्रकाशित

  • Nabintech