६ बैशाख २०८२, शनिबार

स्व.हरिप्रसाद रावत स्मृति प्याब्सन शिक्षा पत्रकारिता पुरस्कार घोषणा
  • न्युज मानसराेवर

कोहलपुर\ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ,नेपाल (प्याब्सन कोहलपुर) ले स्व.हरिप्रसाद रावत स्मृति प्याब्सन शिक्षा पत्रकारिता पुरस्कार घोषणा गरेको छ । प्याब्सन कोहलपुरको ५ औँ बैठकले स्व हरिप्रसाद रावत स्मृति प्याब्सन शिक्षा पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।
कोहलपुर नगर ब्याब्सनका अध्यक्ष रमेश खत्रीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । त्यसै गरी उक्त शिक्षा पत्रकारिताको संरक्षणमा स्व हरिप्रसाद रावतका छोरा प्याब्सन बाँकेका निवर्तमान अध्यक्ष यमबहादुर रावत रहने समेत बताइएको छ। उनी बाँके जिल्लाकै शैक्षिक अभियान्ता हुन् । रावतकै नेतृत्वमा प्याब्सन बाँकेको शिक्षा मन्दिर (भवन) समेत निमार्ण गरिएको थियो ।

प्याब्सन शिक्षा पत्रकारिता पुरस्कारको धनराशी नगद पच्चिस हजार (२५,०००) रहेको छ ।उक्त शिक्षा पत्रकारिता पुरस्कार प्याब्सन दिवसको अवसरमा पौष २४ गते प्याब्सन कोहलपुरको औपचारिक कार्यक्रममा उपलब्ध गराईने प्याब्सन कोहलपुरका नगर सचिव मित्रलाल वलीले जानकारी गराएका छन। पौष २४ गते प्याब्सन दिवसको अवसरमा रत्तदान कार्यक्रम,प्रभातफेरी लगाएतको कार्यक्रम समेत राखिएको नगर सचिव वलीले जानकारी गराएका छन। स्वर्गीय हरि प्रसाद रावतले कोहलपुरको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेका थिए।

रावतले कोहलपुरको एक मात्र बागेश्वरी बहुमुखी पब्लीक क्याम्पसको स्थापना साथै त्रिभुवन माध्यमिक विद्यालयको स्थापनामा महत्वपूर्ण योगदान रहेको थियो ।रावतलाई नागरिक अभिनन्दन समेत गरिएको थियो।

शिक्षा क्षेत्रका विभिन्न संघ संस्थाहरुले  स्व.हरि प्रसाद रावतलाई  सम्मान समेत गरेका थिए । रावतलाई स्व.राजा महेन्द विर विक्रलम शाह, स्व. राजा विरेन्द्र विर विक्रम शाहले समेत विभिन्न विभूषण पदकले समेत सम्मानित भएका थिए ।रावतको जन्म विक्रम सम्बत १९८८ माघ १० गते भएको थियो रावतको मृत्यु २०७५ चैत २६ गते भएको थियो ।

  • ११ पुष २०८१, बिहीबार प्रकाशित

  • Nabintech