बाँके\शिक्षा तथा मानव श्रोत विभागले आफ्नो दोस्रो पूर्ण बैठक सम्पन्न गरेको छ ।
नेकपा एमालेको शिक्षा तथा मानव श्रोत विभागले आफ्नो दोस्रो पूर्ण बैठक सम्पन्न गरेको हो ।
पौष १५ गते विद्यालय शिक्षा विधेयक सम्बन्धमा अन्तरक्रिया गर्ने भएको छ भने पौष २७ गते नै नेकपा एमालेका २०४६ साल अगाडी पार्टी सदस्य प्राप्त गरेका र तत्कालिन कमिटीहरुमा बसेका पार्टीका अग्रजहरुलाई समेत सम्मान गर्ने भएको छ ।
पूर्ण बैठकमा बोल्दै प्रमुख अथिति बाँके क्षेत्र नं.१ का संघिय सांसद तथा बाँके क्षेत्र नं.१ का इन्चार्ज सुर्य ढकालले शिक्षा तथा मानव श्रोत विभागको पहलमा हुन गइरहेका कार्यक्रमहरु महत्वपूर्ण रहेको औल्याए ।
ढकालले पार्टी सदस्यहरु पूर्ण रुपमा अनुशासनमा रहन आवश्यक रहेको समेत बताए ।उनले जिल्लाका सबै विभागहरुको सक्रियता बढाउन आवश्यक रहेको समेत बताए ।
त्यसै गरी नेकपा एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङले शिक्षा तथा मानव श्रोत विभागले गरेका सम्पूर्ण कार्यक्रमहरुमा जिल्ला पार्टीको तह बाट सहयोग रहने बताउदै विभागका सबै कार्य सम्पादनले समग्र पार्टीको हित हुने विश्वास ब्यक्त गरे ।
कार्यक्रम शिक्षा तथा मानव श्रोत विभागका प्रमुख सुर्य रोकायाले विभागले तयार गरेका कार्य योजनाहरुले समग्र जिल्ला पार्टी र एमालेका आम सदस्यहरुले गौरव गर्ने वातावरण सृजना गर्ने विश्वास व्यक्त गरे ।
रोकायाले विभागले गरेका काम अभिलेखिकरण गर्दै जिल्लामा नै उत्कृष्ट विभागका रुपमा स्थापित गर्ने लक्ष्य अनुरुप लागि रहेको बताए ।
२७ गते गरिने सम्मान कार्यक्रममा नेकपा एमाले केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको प्रमुख अथित्यतामा गरिने समेत रोकायाले जानकारी गराए । जिल्लाका ६५ जना अग्रजहरुलाई सम्मान गर्ने विभागले जनाएको छ ।