कोहलपुर,बाँके: हाल देशमा पश्चिमी वायुको प्रभाव कायम रहेको छ। जसको प्रभाव स्वरुप यतिबेला (सोमबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिक बदली भएको छभने तराईका थोरै स्थानमा अहिले शितलहरका साथै हुस्सु र कुहिरो लागिरहेको छ। त्यसैगरी देशका उपत्यका क्षेत्रका केही स्थानमा पनि हाल हुस्सु लागेको छ।
देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।हुस्सु र कुहिरोको कारण दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।