२० पुष २०८१, शनिबार

एमाले गठन गर्यो राप्तीसोनारीमा १ मा टोल कमिटी
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेले राप्ती सोनारी गाउँपालिका वडा नं.१ मा टोलहरु कमिटी विस्तार गरेको छ ।

इश्वरी खुनाको अध्यक्षतामा ९ सदस्य टोल कमिटी विस्तार गरिएको नेकपा एमाले क्षेत्र नं.१ का अध्यक्ष कुश्मा बस्यालले जानकारी गराएका छन। बस्यालका अनुसार राप्ती सोनारी गाउँपालिका वडा नं.१ का ९ वटा टोलहरुमा टोल कमिटी समेत  विस्तार गरिएको बताए ।

वडा कमिटीमा बोल्र्दै नेकपा एमाले बाँके क्षेत्र नं.१ का संयोजक तथा बाँके क्षेत्र नं.१ का संघिय सांसद सुर्य ढकालले जनातको मूल जनआधार जनताको बहुदलीय जनवाद जबज नेकपा एमालेको मूल मन्त्रमा क्रियाशिल हुन आग्रह गरेका छन।

उनले देश समृद्ध बनाउने दुरदृष्टि समेत नेकपा एमाले सँग रहेको दावि गरेका छन। राप्तीसोनारीको समग्र विकासमा आफुले खेल्ने भूमिका संसदमा खेलिरहेको समेत सांसद सुर्य ढकालले औल्याएका छन।

  • १७ पुष २०८१, बुधबार प्रकाशित

  • Nabintech