२८ बैशाख २०८२, आईतवार

कोहलपुरमा सचेत युवाले मनाए राष्ट्रिय टोपी दिवस
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुर सचेत युवा समुहले कोहलपुरमा राष्ट्रिय टोपि दिवस मनाएका छन।

युवाहरुले कोहलपुर ११ स्थिति भ्यू टावरमा राष्ट्रिय टोपि दिवस मनाएका हुन। कार्यक्रममा बोल्दै कोहलपुर उद्योग बाणिज्य संघका पूर्व महासचिव तथा कोहलपुर ब्यापार संघका अध्यक्ष विष्णु खनालले राष्ट्रियता बचाउन हाम्रो पैहिचान बचाउ आवश्यक रहेको बताए । उनले नेपालीहरुको गौरव राष्ट्रिय टोपि दिवसको शुभकामना समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नग युवा संञ्जालका अध्यक्ष रमेश वरले युवाहरुले आफ्नो पैहिचान बचाउँन सबै सक्रिया हुन आवश्यक रहेको बताए ।उनले नेपालको संस्कृति समेत जोडिएकाले राष्ट्रिय टोपिको संरक्षण आवश्यक रहेको बताए ।

त्यसै गरी कोहलपुर जेसिज २०२५ का अध्यक्ष दिपेन्द्र कठायतले पछिल्लो समय युवा पुस्तामा राष्ट्रिय टोपिको महत्व बढेको बताए । उनले हामीले आफ्नो संस्कृतिका रुपमा अगाल्न आवश्यक रहेको समेत बताए ।

त्यसै गरी कार्यक्रममा बोल्दै अभियानका संयोजक शंकर न्यौपानेले सबैलाई धन्यवाद व्यक्त गर्दै समग्र कोहलपुरको विकासमा युवा पुस्ताहरुले यस्ता गतिविधि बढाउन र सामाजिक उत्तरदायित्व निर्वाह गर्न आवश्यक रहेको बताए । उनले नेपालको गौरवका रुपमा सबै आम नेपालीहरुले राष्ट्रिय टोपिको संरक्षण गर्न आवश्यक रहेको समेत औल्याएका छन। कार्यक्रम अभियानकर्ता भूम भण्डारी लगाएतको ५० युवाहरुको सहभागिता रहेको थियो ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए।

नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन्। नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ।

विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ। तर नेपालका विभिन्न समुदायले आ९आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन्।

  • १७ पुष २०८१, बुधबार प्रकाशित

  • Nabintech