बाँके\नेपाली काग्रेस क्षेत्र नं१ ले बृह्त टोल टोलमा कांग्रेस अभियान संचालन गरको छ ।
नेपाली कांग्रेस क्षेत्र नं.१ को नेपाली कांग्रेसको सांगठनिक गतिबिधि अन्तगर्त टोल टोलमा कांग्रेस अभियान शुरुवात गरिएको हो ।
नेपाली कांग्रेस क्षेत्र नं.१ का क्षेत्रिय सभापति पोषण केसी, लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुषाल कोहलपुर नगरपालिका मेयर पूर्ण आचार्य लगाएतले अन्तरक्रिया समेत गरेका छन।
अभियान अन्तगर्त कोहलपुर नगरपालिका ११ मा तेस्रो वडा सम्मेलन तथा निशुल्क स्वास्थ्य शिविर तथा सम्मान कार्यक्रम गरिएको छ ।
त्यसै गरी कोहलपुर वडा नं.२ मा अन्तक्रिया समेत गरिएको काग्रेसका युवा नेता धुव्र आचार्यले जानकारी गराएका छन। बाँके क्षेत्र नं.१ का सबै वडा तथा बाँके जिल्लाका ८१ वडा तथा सबै टोल टोलमा कांग्रेस अभियान संचालन गरिएको क्षेत्र नं.१ का क्षेत्रिय सभापति पोषण केसीले जानकारी गराएका छन।