बाँके \बैजनाथ गाउँपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८१ \०८२ मा को चौमाशिक प्रगति विवरणमा ४४लाख ९६ हजार ८० रुपैया खर्च गरेको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८१\०८२ मा कूल एक करोड २० लाख ६० हजार विनियोजन मध्य कूल ४४ लाख ९६ हजार ८० रुपैया खर्च गरेको हो ।
खर्च गरीएको कूल बजेको ३७ प्रतिशत खर्च गरिएको बैजनाथ कृषि विकास शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले जानकारी गराएका छन। ‘ गाउँपालिकाले आर्थिक रुपान्तरण गर्नाका निम्ति कूल बजेटमा ३८ वटा कार्यक्रम बनाएका छौँ ‘विश्वकर्माले भनेका छन।
गाउँपालिकाले संचालन गरिरहेका किसानसँग पालिका प्रमुख कार्यक्रम लगाएतमा कूल ४४ लाख ९६ हजार ८० रुपैया खर्च गरिएको हो ।
हाल संचालित कार्यक्रम सबै वित्तीय समान्यीकरणका हुन । कृषि शाखाले कूल बजेटमा ३८ वटा कार्यक्रक निमार्ण गरिएको शाखाले जनाएको छ ।