बाँके|लुम्बिनी प्रदेशसभाले यसअघि प्रदेश प्रमुखले सच्चाउन फिर्ता पठाएका दुई वटा विधेयक पुनः सर्वसम्मत पारित गरेको छ । बुधबारको बैठकले लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १२८ को खण्ड ख बमोजिम पुनः सर्वसम्मत पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरेका छन्।यसअघि प्रदेशसभाबाट सर्वसम्मत पारित भएको विधेयक प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले फिर्ता गरेपछि टकराव बढेको थियो ।