बाँके\जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा बढ्दै गएको राजनीतिक अस्थिरताले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताएका छन।
अवधी पत्रकार संघले विहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले संविधान निर्माण भएको र संघीयता लागु गरिएको लामो समय बिते पनि संस्थागत गर्न नसकिएको उनले बताएका हुन।
अवधी पत्रकार संघका अध्यक्ष राकेश मिश्राको सभापत्विमा भएको पत्रकार भेटघाट कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सचिव कमरुद्दीन राई, केन्द्रीय सदस्य बेबी तबस्सुम, लुम्बिनी प्रदेश उपाध्यक्ष बाबु खाँ पठान, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईलगायतको उपस्थिति रहेको थियो ।