कोहलपुर\कोहलपुर ११ का मुक्त कमैयाहरुले हाल सम्म उपभोग गर्दै आइरहेको जग्गा कानूनी रुपमा उपभोग गर्न पाएका छैनन। जो सरकार आएतापनि हाम्रा मागहरु उहाँ सरकारले पुरा गरेन भन्छन कोहलपुर ११ का मुक्त कमैया तुल्सी प्रसाद थारु। मुक्त कमैयाका माग भने धेरै छैन । छ त केवल सरकारले उपलब्ध गराएको जग्गाको पूर्ण स्वामित्व।घर बनाउँदा नक्सा पास , बैंक तथा वित्तिय संघ संस्थामा जग्गा धितो राखेर व्यवसाय शुरुवात गर्न सक्ने अधिकार हो ।
त्यसै गरी जग्गा पाउन बाट बन्चित भएको मुक्त कमैयाहरुले समेत जग्गा पाउनु पर्ने मुक्त कमैया महादेव थारु भन्छन। मुक्त कमैयाहरुले यस अघि पनि बारम्बार बारम्बार वडा कार्यालय , नगरपालिकामा पूर्ण स्वामित्व अधिकारको माग सहित ध्यानआकर्षण गरेका थिए ।
२०५७ सालमा मुक्त कमैया घोषणा पश्चिात २०६५ साल ११ महिना १६ गतेको निर्णय बमोजिम कोहलपुर ११ लोकनगरमा १० धुर १२ धुर र १६ धुर जग्गा उपलब्ध गराएको थियो । तत्कालिन सरकारले कोहलपुर ११ लोकनगरमा आठ सय ३७ मुक्त कमैयाका परिवारलाई जग्गा उपलब्ध गराइएको कोहलपुर नगरपालिका वडा नं.११ का वडा अध्यक्ष कल्पना शर्मा अधिकारीले जानकारी गराईन।
मालपोत कार्यालयको तथ्यांकअनुसार यहाँका ८ सय ३७ मुक्त कमैयालाई जग्गा वितरण गरिएको थियो । वडा कार्यालयले अनुगमन गर्दा अहिले घर बनाएर बसोबास गरिरहेका ६ सय ९ परिवार मात्र छन् । तीमध्ये मुक्त कमैया बस्तीमा भोगचलन गरेरे बसोबास गरिरहेका १ सय ५८ जना छन् वडा अध्यक्ष शर्मा भनिन।
त्यसै गरी बाँके क्षेत्र नं.१ का संघिय सांसद सुर्य ढकालले मुक्त कमैयाहरुका विषयमा ध्यानआकर्षण गराइएको बताएका छन। ढकालले भुमि व्यवस्था तथा शहकारि गरिवी निवारण मन्त्रालयका मन्त्री बलराम अधिकारीलाई हालै मुक्त कमैयारुका सम्पूर्ण समस्याहरु समाधानका निम्ति ध्यानआकर्षण गराएको बताएका छन।
भुमि व्यवस्था तथा शहकारि गरिवी निवारण मन्त्रालयका मन्त्री बलराम अधिकारीलाई ध्यानआकर्षण गर्दै सांसद ढकाल।
सांसद ढकालले उहाँ मुक्त कमैयाहरुका आधारभूत समस्याहरु समाधान गर्न आफु केन्द्रित रहेको बताएका छन। उहाँहरु जग्गा प्राप्त गरेको समय नै १७ वर्ष भयो अब उहाँहरुलाई राज्यले रोकेको पूर्ण स्वामित्वको अधिकार अब दिनु पर्छ म यसैमा केन्द्रित छु ढकालले भनेका छन।
नेपालमा हालसम्म २५ हजार १९५ मुक्त कमैयाको पुनर्स्थापना भएको छ। मुक्त कमैया समाजका अनुसार कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके र दाङ गरी पाँच वटै जिल्लामा गरेर नेपालमा २५ हजारभन्दा बढी मुक्त कमैयाको पुनर्स्थापना गरिएको हो। पाँचै जिल्लामा गरेर जग्गा पाउने मुक्त कमैया ९रातो र पहेँलो परिचयपत्र पाएकाको सङ्ख्या २७ हजार ५७० थियो।
तर, परिचयपत्र पाएर जग्गा नपाएका, परिचयपत्र बदर भएका र सट्टा भर्ना गर्नुपर्ने गरी अझै दुई हजार ३७५ मुक्त कमैयाको पुनर्स्थापना हुन बाँकी छ। जमिन्दारको घरमा बँधुवा मजदुरको रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साउन २ गते मुक्त भएको घोषणा गरेको थियो।
कमैया मुक्तिको घोषणापछि सरकारले उनीहरूको पुनर्स्थापना र जीविकोपार्जनका लागि काम अगाडि बढाए पनि त्यसले पूर्णता पाउन सकेको छैन। जसको कारण अझै ठुलो सङ्ख्यामा मुक्त कमैया पुनर्स्थापनाको पर्खाइमा रहेका मुक्त कमैयाको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको जिकिर छ।