कोहलपुर\कोहलपुरमा तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८१ संचालनको तयारी शुरु गरिएको छ ।
बाँकेको कोहलपुर स्थित तेह् (१३) विगाह खेल मैदानलाई बनाउने कार्य शुरु गरिएको छ ।
हाल सम्मैका धेरै धनरासीको उक्त मुख्यमन्त्री कोहलपुर गोल्ड कप पछिल्लो समय प्रदेश तथा देशमै नाम चलेको पाईन्छ । एक महिना अन्य कुनै खेलहरु तथा मानिसको आवत जावत रोक्न हिजो बाट खेल मैदान पोल,डोरीले घेरिएको छ ।
केही समयमा कोहलपुरमा उक्त तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८१ बारे पत्रकार सम्मेलन गरी कार्यक्रम तालिका सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारासहित सञ्चालन भएको प्रतियोगिता गत वर्ष यही कात्तिक २२ गतेसम्म सञ्चालन गरिएको थियो । उक्त प्रतियोगितामा विदेशी, विभागीय क्लबसहित ८ वटा क्लब सहभागी भएका थिए । रेसिङ सहारा क्लब कोहलपुरले आयोजना मुख्यमन्त्री कोहलपुर गोल्ड कप संचालन हुने गरको छ । तस्विरः सौजन्य नवकिरण शाह