२३ पुष २०८१, मंगलवार

रिटर्नी फेडेरेसनको दोस्रो राष्ट्रिय महाधिवेशन चैत १५ र १६ मा हुने
  • न्युज मानसराेवर

बाँके\रिटर्नी फेडेरेसनले आफ्नो दोस्रो राष्ट्रिय महाधिवेशन चैत १५ र १६ गते गर्ने तय गरेको छ । फेडेरेसनको केन्द्रीय सचिवालयको २९औं बैठकले उक्त निर्णय गरेको हो ।

सातवटै प्रदेश कमिटीका अध्यक्षहरु र सबै आयोग अध्यक्षहरुको समेत सहभागिता रहेको बैठकले चैत १५ र १६ मा दोस्रो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने अध्यक्ष अधिकारीको प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो ।

यसअघि २०७९ चैत ११ र १२ मा फेडेरेसनको प्रथम महाधिवेशन काठमाडौंमा भएको थियो । फेडेरेसनको विधानले प्रत्येक २ वर्षमा महाधिवेशन आयोजना हुने व्यवस्था गरेको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा फेडेरेसनका इन्चार्ज डा. कृष्णबहादुर केसीले फेडेरेसनका सबै गतिविधि चित्तबुझ्दो हिसाबले अघि बढिरहेकाले सहज ढंगमा महाधिवेशन सम्पन्न हुने र त्यसका लागि संगठनले अघि सारेका सदस्यता विस्तार, कमिटी विस्तार र सबै कमिटीको अधिवेशन समयमै सम्पन्न गर्न जिम्मेवारीभित्र रहेका सबैले संवेदनशील भएर बाँकी रहेको समयमा भरपुर योगदान गर्नुपर्नेमा जोड दिएका छन।

  • २१ पुष २०८१, आईतवार प्रकाशित

  • Nabintech