२३ पुष २०८१, मंगलवार

सिटिस्क्यान मर्मत नहुँदा बिरामीलाई सास्ती
  • न्युज मानसराेवर

बाँके\पश्चिम नेपालका २४ जिल्लाका बिरामीलाई सस्तो र सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पतालको सिटिस्क्यान पाँच महिनादेखि बिग्रिएर थन्किएको छ ।

विभिन्न दुर्घटनामा परेका तथा टाउको लगायतमा चोट लागेका बिरामीको उपचारका लागि अहम मानिने सिटिस्क्यान बिग्रिएको पाँच महिना बिते पनि मर्मत सम्भार नगरिँदा सो अस्पतालमा आउने बिरामीलाई समस्या भएको छ ।

सिटिस्क्यानले काम नगर्दा सस्तोमा उपचार सेवा पाउने आसमा आएका दुरदराजका बिरामीले महँगो शुल्क तिरेर बाहिर निजी स्वास्थ्य संस्थामा गई सिटिस्क्यान गराउन बाध्य रहेको अस्पताल विकास समितिका पूर्व सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।
उनले सिटिस्क्यान नहुँदा सस्तो र सहुलियतमा उपचार गराउन अस्पतालमा पुग्ने गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएका बिरामीहरूले उपचारनै नपाएको अवस्था समेत रहेको सोत बताए ।

अस्पताल प्रशासनले सिटिस्क्यान मेसिन बनाउनका लागि बारम्बार ताकेता गरेपनि कुनै सुनुवाइ नभएको जनाइएको छ । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। निराजन सुवेदीले सिटिस्क्यान मेसिनको ट्युब बिग्रिएको जनाउँदै त्यसलाई बनाउन एक करोड रुपियाँ लाग्ने भएकोले समस्या आएको जानकारी गराए ।

  • २१ पुष २०८१, आईतवार प्रकाशित

  • Nabintech