बाँके\बाँकेको खजुरा गाउँपालिकाको खजुरा प्रज्ञा प्रतिष्ठानले साहित्यमा रुचि राख्नेहरूलाई नेपाली भाषाको साहित्यबारे जानकारी गराउने उद्देश्यले सञ्चालन गरेको विधागत प्रशिक्षण सम्पन्न भएको छ ।
खजुरा गाउँपालिका लगायतका सय जना साहित्यका विद्यार्थी र साहित्यबारे सिक्न चाहनेहरूको सहभागिता रहेको सो प्रशिक्षणमा नेपाली भाषा साहित्यका विद्वान व्यक्तित्वहरू प्राडा. घनश्याम न्यौपाने, डा. गोविन्द आचार्य र डा. इन्द्रबहादुर भण्डारीले लोक संस्कृति र लोक साहित्य, गीत सङ्गीत, कथा लेखन, निबन्ध लेखन, गजल मुक्तक लेखन, गद्य कविता, छन्द कविता लेखनको बारेमा प्रशिक्षण दिनुभएको खजुरा प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।