२४ पुष २०८१, बुधबार

बाँकेमा १५१ फिटको शिव प्रतिमा निर्माण
  • न्युज मानसराेवर

बाँके\बाँकेको डुडुवामा देशकै सबैभन्दा अग्लो १५१ फिटको शिव प्रतिमाको निर्माण सुरु गरिएको छ । डुडुवा गाउँपालिका २ स्थित रामनगर पाझामा सो शिव प्रतिमा निमार्ण गर्न वाउण्ड्री वाल निर्माण सुरु गरिएको छ ।

डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले प्रतिमा निर्माणको शिलान्यास गर्दै धेरै पहिलेदेखि शिव प्रतिमा बनाउने योजना रहेकोमा अहिले आएर कार्यान्वयनमा आएको बताएका छन।

गाउँपालिकाको क्रमागत योजना अन्तर्गत सो प्रतिमा निर्माणका लागि १ करोड ४ लाख ६१ हजार ६२१ रुपियाँको लागतमा कोहलपुर–११ स्थित दीपक बिल्डर्सले ठेक्का पाएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर सुरेन्द्रकुमार बर्माले  जानकारी गराए।

  • २२ पुष २०८१, सोमबार प्रकाशित

  • Nabintech