२४ पुष २०८१, बुधबार

कोहलपुरमा क्रिकेट प्रतियोगिता हुदै
  • न्युज मानसराेवर

बाँके\ स्व. वीरेन्द्र शाहीको स्मृतीमा करिवन ३ लाख राशिको खुल्ला टि २० क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । बाँकेको कोहलपुर २ मा रहेको युनाईटेड भिजन क्रिकेट क्लवको आयोजनामा वीरेन्द्र शाहीको स्मृती तेस्रो संस्करणमा क्रिकेट प्रतियोगिताको आयोजना गर्न  लागिएको आज आयोजित पत्रकार भेटघाटका क्रममा क्लवका अध्यक्ष गम्भिरजंग मल्लले जानकारी गराएका छन।

देशैभरिका क्लव, शैक्षिक संस्थामा क्रिकेट खेलाडिहरुले सहभागिता जनाउन सक्ने उक्त प्रतियोगितामा १६ वटा टिमले खेल्ने आंकलन आयोजकले गरेको छ । प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा सम्पन्न हुने खेलले अन्तराष्ट्रिय क्रिकेट मैदानलाई चिनाउने मात्र नभई सरोकारवालाहरुलाई स्वामित्व लिनु पर्ने बताएका छन। प्रथम पुरस्कार १ लाख ५० हजार तथा दोस्रो पुरस्कार ७५ हजारको रहने आयोजकले जनाएको छ ।

 राष्ट्रिय खेलकुद परिषद सदस्य तथा नेपाल क्रिकेट संघका चिफ सेलेक्टर  पुर्व कप्तान एलवि क्षेत्रिले जनप्रतिनिधिविहिन अवस्था र द्धन्द्धकालमा जनताले संरक्षण गरेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान जनप्रतिनिधि आएकै २ कार्यकाल  सम्पन्न हुन लाग्ला समेत कुनै काम नगरको बताए ।

कार्यक्रमका प्रमुख अथिति समेत रहेका क्षेत्रीले महिला क्रिकेटको जननी स्थल कोहलपुरलाई सरोकारवाला निकायले स्तरवृद्धि गर्न नसक्नु कोहलपुरकै लागि दुर्भाग्य भएको औंल्याउदै स्थानियदेखि केन्द्र सरकार र बाँके जिल्ला क्रिकेट संघले प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानको स्वामित्व ग्रहण गर्नुपर्नेमा जोड दिए ।

त्यसै गरी कोहलपुर नगरपालिका वडा नं। ११ का वडा अध्यक्ष कल्पना अधिकारीले वार्षिक रुपमा स्व। वीरेन्द्र शाहीको स्मृतीमा हुने यस्ता प्रतियोगिताकालागि वजेट विनियोजनकालागि कार्यपालिकामै आवाज उठाउने वताउदै अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुन लागेको तेस्रो स्मृती क्रिकेट टुनामेन्टकालागि आफुले वडावाट वजेट रकमान्तर गरेर भएपनि सहयोग गर्ने वचनवद्धता व्यक्त गरिन ।

कार्यक्रममन नगर खेलकुद विकास समितिका संयोजक चक्र चिमाला क्षेत्रिले राज्यले खेलकुदकालागि सुन्दर स्लोगन दिएको तर स्लोगन वमोजिमको वजेट नहुदा खेलप्रेमी आयोजक र खेलाडि उत्पादन गर्न क्लवहरुलाई खर्च ब्यबस्थापन गर्न कठिन हुने गरेको बताए ।
उनले क्रिकेट प्रतियोगिताका लागि नगरबाट आवश्यक वजेट विनियोजन  गराउने बताए ।

त्यसै गरी एमाले नेतृ अनिता पौडेलले खेल क्षेत्र त्यसमा पनि यो क्रिकेट प्रतियोगिताकालागि आफुले निजि क्षेत्रका तर्फवाट उल्लेख्य योगदान गर्ने र सहयोग जुटाउन अर्थिक, नैतिक भौतिक रुपले सहयोग गर्ने वचनवद्धता ब्यक्त गरिन । १५ लाख रुपैया वरावरको खर्चमा सम्पन्न हुने वीरेन्द्र शाही स्मृती क्रिकेट प्रतियोगिता यहि फाल्गुण १८ गते देखि २८ गते सम्म हुने आयोजकले जनाएको छ ।

  • २२ पुष २०८१, सोमबार प्रकाशित

  • Nabintech