बाँके\हर्ट अट्याकका कारण मानिसहरूको निधन भएको खबर आइरहन्छ । तर हर्ट अट्याक किन हुन्छ ? आउनुस् आज हर्ट अट्याक हुनको कारण र यसले शरीरमा पर्ने असरका बारेमा जानौं ।
कमजोर मुटु
मानिसको मुटु मजबुत कोशिकाहरूले बनेको हुन्छ । जसका कारण हाम्रो मुटु स्वस्थ रहन्छ तर आज भोलिको अस्वस्थ खानपिनका कारण कम उमेरमै यसमा समस्या आउने गरेको छ । ज्यादा धुम्रपान गर्ने मानिसलाई हार्ट अट्याकका खतरा ज्यादा हुन्छ भने कहिले कही यो वंशाणुगत कारणले पनि हुने गरेको छ ।
रक्त सञ्चारमा रोकावट
हाम्रो शरीरमा मुटुको काम भनेको अक्सिजन, पोषकतत्व तथा रगतलाई पम्प गरेर शरीरको दोस्रो भागमा पुर्याउने हो । तर बढ्दो उमेरका साथ साथ या खराब खानपान र जीवन शैलीका कारण मुटुमा पुग्ने रक्त प्रवाहमा रोकावट हुन्छ जसका कारण हर्ट अट्याक कारण बन्छ ।
रगतको प्रवाह
जब हाम्रो शरीरको धमनीमा रोकावट हुन्छ तब शरीरमा रक्त प्रवाह सञ्चार हुन सक्दै जसका कारण कैयौं पटक हर्ट अट्याक हुन सक्छ ।
धमनीमा विभिन्न पदार्थहरू जम्मा हुन जाँदा रक्त सञ्चारमा रोकावट हुन्छ । जसका कारण दौडिँदा मुटु धेरै धड्कन्छ वा पम्प गर्छ तर रक्त नलीमा रोकावट आउँदा आवश्यकता अनुसारको रक्त प्रवाह हुन सक्दैन र हर्ट अट्याक हुन जान्छ ।
अक्सिजनको कमी
धमनी बन्द भएसँगै हाम्रो मुटुमा पर्याप्त मात्रामा रगत तथा अक्सिजन पुग्दैन जसका कारण तीव्र रुपमा धड्कन जान्छ र श्वास फेर्न समस्या आउँछ । जो हार्ट अट्याकको कारण बन्छ ।
दिमागमा समस्या
जब मुटुमा अक्सिजनको कमी हुन थाल्छ तब मुटुले मस्तिष्कमा इमर्जेन्सी सिग्नल पठाउँछ । त्यसपछि मस्तिष्क यो इमर्जेन्सी सिग्नल हड्डीमा पठाउँछ र मुटुमा अक्सिजनको कमी भएपछि शरीरको दोस्रो हिस्साको अक्सिजन सप्लाइ कम गरिदिन्छ ।यस्तो स्थितिमा शरीरको दोस्रो हिस्सा जस्तै गर्दन, कान, काँध, पाखुरामा पीडा हुन्छ भने टाउको बीचमा चर्को दुखाइ हुन्छ, जो हर्ट अट्याकको संकेत हो ।
दुखाइ
हर्ट अट्याकको पीडा झेल्नु मुटुको मजबुतीमा निर्भर हुन्छ । यही कारण जवानहरूले हर्ट अट्याकको पीडालाई सामान्य रूपमा झेल्ने गरेका छन् । यो पीडा केही क्षण मात्र हुन्छ भने कही अवस्थामा भने यो कैयौं घण्टा सम्म पनि हुने गरेको छ । यस्तो स्थितिमा तुरुन्त डाक्टरसँग जाँच गराउन आवश्यक छ ताकि समय रहँदै यसमा नियन्त्रण गर्न सकियोस् । समय रहँदै सही उपचार न गर्नका कारण मुटुको मांसपेशीहरू विस्तारै विस्तारै निष्क्रिय हुँदै जान्छ र अन्तिममा मुटुले काम गर्न बन्द गर्छ । यस्तो स्थितिमा केही मिनेटमा नै मस्तिष्कको कोशीका पनि काम गर्न छोड्छन् ।
अट्याकपछि के हुन्छ ?
हर्ट अट्याक पछि मुटुका केही हिस्साले काम गर्न छोड्छन् जो फेरि ठिक हुने सम्भावना अत्यन्तै कम हुन्छ । जसका कारण हर्ट अट्याक पछि जुनसुकै समयमा पनि ज्यान जान सक्छ ।
कसरी बच्ने
हार्ट अट्याकको खतरा कम गर्नका लागि जरुरी छ खानपानमा नियन्त्रण, तथा जीवनशैलीमा परिवर्तन । यसका लागि धेरै मसलेदार खानमा नियन्त्रण आवश्यक छ ।त्यस्तै नियमित रूपमा फलफूल, सलाद, हरियो साग सब्जीको प्रयोग आवश्यक छ । त्यस्तै नियमित रुपमा योग तथा व्यायाम जरुरी छ ।