कर्णाली\ जुम्लामा जन्म र मृत्यु संस्कारको बेला गरिने ३० किलो चामल वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । साविकको कर्णाली अञ्चलका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले २०७३ साल भदौ २३ गते चामल अनुदानको व्यवस्था गर्ने निर्णय गरेको थियो । सुरुआती वर्षमा २० किलो चामल वितरणको व्यवस्था थियो ।
आर्थिक वर्ष २०८१/८२ बाट सरकारले चामलको परिमाण बढाएर ३० किलो पुर्याइएको छ ।विसं २०७३ मा थालिएको यो योजनाले हालसम्म प्रभावकारी देखिएको छ । त्यस्तै आर्थिक वर्ष २०८१/८२ को मङ्सिरसम्मको तथ्याङ्कले योजनाको प्रभावकारितामा निरन्तर वृद्धि भएको देखाइरहेको खाद्य संस्थानका सूचना अधिकृत लक्ष्मण शर्माले बताए ।
यस आवमा जन्म र मृत्युका लागि ८१ दशमलव ९ प्रतिशत क्वीन्टल चामल निःशुल्क वितरण गरिएको छ, भने रु एक लाख ४८ हजार ५०० भाडाका रूपमा प्रदान गरिएको यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएको छ ।