कोहलपुर \स्व.हरि प्रसाद रावत स्मृति प्याब्सन पत्रकारिता पुरस्कार २०८१ का लागि आज चेक हस्तान्तरण गरिएको छ । कोहलपुर नगर प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीलाई स्व. हरि प्रसाद रावतका छोरा तथा प्याब्सन बाँकेका निवर्तमान अध्यक्ष यम बहादुर रावतले पच्चिस हजारको उक्त चेक हस्तान्तरण गरेका हुन।
उक्त रकम बाट कोहलपुर ३ जना पत्रकारलाई स्व.हरि प्रसाद रावत स्मृति प्याब्सन शिक्षा पत्रकारिता पुरस्कारले सम्मान गरिने कोहलपुर नगर प्याब्सनका अध्यक्ष रमेश केसीले जानकारी गराएका छन।
यसरी सम्मान हुनेमा न्यूज मानसरोर डट कम अनलाइनका पत्रकार प्रमोद रिजाल , रेडियो कोहलपुर एफ.एमका पत्रकार निर्मल आचार्य र संदभाव राष्ट्रिय दैनिकका पत्रकार प्रदिप बाग्ले रहेका छन।
स्व रावतले कोहलपुरको एक मात्र बागेश्वरी बहुमुखी पब्लीक क्याम्पसको स्थापना साथै त्रिभुवन माध्यमिक विद्यालयको स्थापनामा महत्वपूर्ण योगदान रहेको थियो । रावतलाई नागरिक अभिनन्दन समेत गरिएको थियो। शिक्षा क्षेत्रका विभिन्न संघ संस्थाहरुले समेत सम्मान गरेका थिए । रावतलाई स्व राजा महेन्द विर विक्रलम शाह, स्वराजा विरेन्द्र विर विक्रम शाहले समेत विभिन्न विभूषण पदकले समेत सम्मानित गरेका थिए । रावतको जन्म विक्रम सम्बत १९८८ माघ १० गते भएको थियो रावतको मृत्यु २०७५ चैत २६ गते भएको थियो ।
त्यसै गरी भोलि प्याब्सन कोहलपुरले ३४ औ प्याब्सन दिवसको अवसरमा कोहलपुर नगरपालिकाका संस्थापक नगरप्रमुख तथा संंस्थापक नगरशिक्षा प्रमुख लुट बहादुर रावत , कोहलपुर क्षेत्रको पहिलो निजि बिधालय राम जानकी स्कुलका सस्थापक नारायण प्रसाद सिग्देललाई सम्मान गरिने भएको छ ।
त्यसै गरी कोहलपुरलाई देश तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका क्रिकेटका पुर्व रास्ट्रीय कप्तान लेख बहादुर क्षेत्री लगायत ८ जना खेलाडीलाई सम्मान गरिने कोहलपुर नगर प्याब्स का सचिव मित्र लाल वलीले जानकारी गराएका छन।
त्यसै गरी प्याब्सको ३४ औं स्थापना दिवसको अवसरमा प्रभातफेरी रक्तदान कार्यक्रम सहित सामाजिक उत्तरदायित्व अन्तगर्त कोहलपुर शबदाह निमार्णका लागि नगद ५० हजार सहयोग गरिने बताइएको छ ।