कोहलपुर \समाजिक उत्तरदायित्व अन्तगर्त कोहलपुर नगर प्याब्सनले नगद ५० हजार चेक मार्फत सहयोग गरेको छ ।
प्याब्सनको ३४ औँ स्थापना दिवसको अवसरमा कोहलपुर ११ स्थिति निमार्णधिन शवदाह गृहका लागि उक्त ५० हजारको चेक हस्तान्तरण गरिएको हो ।
चेक हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्य तथा कोहलपुर नगर प्याब्सका अध्यक्ष रमेश केसीले निमार्णधिन शवदाह गृहका संयोजक चक्र बहादुर अधिकारीलाई हस्तान्तरण गरिएको कोहलपुर नगर प्याब्सनका सचिव मित्रलाल वलीले जानकारी गराएका छन।