कोहलपुर \समता स्कुल कोहलपुरले खाना महोत्वस सम्पन्न गरेको छ ।
बालबालिकाहरुलाई उद्पादनसँग जोड्न खाना महोत्सवको आयोजना गरिएको समता स्कुलका कार्यकारी निर्देशक रबि रोकायाले बताए । आज हाम्रो प्याब्सनको ३४औँ स्थापना दिवस पनि हो त्यसैलाई लक्षित गर्दै खाना महोत्सवको आयोजना गरिएको जानकारी समेत गराए ।
त्यसै गरी खाना महोत्वमा भेटिएका अभिभावक नयन बहादुर सिंहले बालबालिकाहरुको क्षमता अभिबृद्धि गर्न खाना महोत्सवले सहयोग पुग्ने बताए।उनले अध्ययनसँगै उत्पादन र बजारीकरण गर्न अभिप्रेरित गर्दा राम्रो लागेको बताए ।
मुख्य गरी बालबालिकाहरुलाई उत्पादन र बजार सँग जोड्न खाना महोत्सव महत्वपूर्ण रहेको अभिभावक निम बहादुर वलीले बताए ।वलीले यस्ता गृहकार्यले बालबालिकाहरुको क्षमता अभिबृद्धि हुने समेत विश्वास व्यक्त गरेका छन।
आफ्नो बहिनी उषा मल्लले बनाएको खाना खान आफु उक्त खाना महोत्वमा आएको कमला मल्लले बताईन। हाम्रो समयमा यस्तो कार्यक्रमहरु हुदैन थियो तर विद्यालयले राखेको खाना महोत्सवमा आउँन पाउँदा खुसी लागेको मल्लले बताइन।
त्यसै गरी अभिभावक कविता विकले आफ्नो छोरा बनाएको समोसा खरिद गर्दै भनिन अब त मेरो छोराले पनि खाना तथा नास्ता बनाउ सक्छ छोराले बनाएको खानाका परिकार खान आएको विकले बताईन।
बाबुनानीहरुले मिठो बनाउनु भएको छ मैले समोसा थपेर खाए अभिभावक टिका नेपालीले बताईन।
२०७३ सालमा स्थापना भएको समता स्कुलले न्यूनतम शुल्क तथा सम्मान शुल्कमा अध्यापन गराउदै आइरहेको छ ।
बालबालिकाहरुले समोसा टिकिया , नमकिन दोनोट आदि खानका प्ररिकार बनाएका छन।