बाँके\शीतलहर, चिसो अत्यधिक बढेपछि बाँकेको कोहलपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ ।केही दिनयता बढ्दै गएको अत्यधिक चिसोका कारण बालबालिकाहरु बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ ।कोहलपुर नगरपालिका कोहलपुर नगर शिक्षाले जनाएको छ । शीतलहर तथा हुस्सुका कारण अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि २९ गतेसम्म लागि पालिकाभित्रका सम्पूर्ण विद्यालय बन्द गरिएको छ ।
बाक्लो हुस्सु र शीतलहरका कारण चिसो अत्यधिक बढ्दा केही दिनयता यहाँका सबै पालिकाको जनजीवन अति नै कष्टकर बन्दै गएको छ । सोही कारणले नेपालगन्जको राँझा विमानस्थलबाट हुने उडानहरु पनि अनियमित हुन थालेका छन् । चिसोले गर्दा जिल्लाका प्रमुख बजारहरुमा मानिसहरुको चहलपहल पनि निकै घटेको छ ।