बाँके\हाल सुरु भएको शीतलहरबाट बाँके जिल्लामा एक लाख ७८ हजार जनसङ्ख्या प्रभावित हुने जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ । सो समितिले तयार पारेको शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ मा बाँके जिल्लाका आठवटा पालिकामा ३५ हजार ७८० परिवारका एक लाख ७८ हजार ९२० जना बढी प्रभावित हुने आँकलन गरेको हो ।
जिल्लामा रहेका एक लाख ३२ हजार ५२० परिवारमध्ये ३५ हजार बढी परिवार शीतलहरको उच्च जोखिममा रहेको पाइएको हो ।