५ बैशाख २०८२, शुक्रबार

समता स्कुलले सम्पन्न गर्यो शैक्षिक भ्रमण
  • न्युज मानसराेवर

कोहलपुर \समता स्कुल कोहलपुरले शैक्षिक भ्रमण सम्पन्न गरेको छ । कोहलपुर ११ मा संचालित समता स्कुलले आन्तरीक पर्यटन प्रवद्र्धन तथा स्थानीय हाम्रो कोहलपुर पाठ्क्रमलाई सहयोग पुग्ने गरी शैक्षिक भ्रमण गरेको हो ।

समता स्कुलले कोहलपुर ११ भ्यू टावर, कोहलपुरमा पर्यटन कार्यालय कोहलपुर ,रामजानकी गौशाला बाँके राष्ट्रिय निकुन्ज , राप्तीसोनारी गाउँपालिका –९ ढकेरीमा अवस्थित वनस्पति उद्यान , लगाएत स्थानमा शैक्षिक भ्रमण गरेको हो ।

उक्त शैक्षिक भ्रमणले सामाजिक क्षेत्रको विकास तथा आन्तरीक पर्यटनका क्षेत्रहरुरको पहिचान गर्न सहयोग मिल्ने विश्वास गरिएको छ । बालबालिकाहरुमा बहुआयामिक बौद्धिक क्षेत्रको विकास हुने विश्वास गरिएको समता स्कुलका कार्यकारी निर्देशक रबि रोकायाले बताएका छन। रोकायाले नियमित समता स्कुलको शैक्षिक क्यालेन्डर अनुसार शैक्षिक भ्रमण गरिएको बताए । २०७३ सालमा स्थापना गरिएको उक्त विद्यालयमा सबै कक्षाहरुमा न्यनतम शुल्क तथा सम्मान शुल्कमा अध्यापन हुने गरेको छ ।

 

  • २७ पुष २०८१, शनिबार प्रकाशित

  • Nabintech