५ बैशाख २०८२, शुक्रबार

कोहलपुरमा सरसफाइ कार्यक्रम सम्पन्न
  • न्युज मानसराेवर

बाँके\सचेत युवा कोहलपुरको आयोजनामा “सरसफाइ कार्यक्रम” कोहलपुर नगरपालिकाको विभिन्न क्षेत्रहरुमा सफलतापूर्वक सम्पन्न भएको छ। “सफा कोहलपुर, समृद्ध कोहलपुर” नाराका साथ आयोजित यस कार्यक्रममा ५० भन्दा बढी व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको उत्तर गेटबाट सुरु भएको थियो। कोहलपुर अस्पताल परिसरको उत्तर र पूर्व भागमा सरसफाइ गरिएको थियो। सरसफाइका क्रममा झन्डै दुई टेक्टर फोहोर संकलन गरी, नगर प्रहरीले  व्यवस्थापन गरेको छ।

कार्यक्रममा कोहलपुर नगर प्रहरी, वडा कार्यालय, नगर स्तरीय युवा क्लब, रेडक्रस उपशाखा कोहलपुर, तथा विभिन्न मिडिया पार्टनरहरू जस्तै चुरो खबर डटकम, मानसरोवर डटकम र सुरक्षा राष्ट्रिय दैनिकको सहयोग रहेको थियो।

सचेत युवा कोहलपुरका तर्फबाट कार्यक्रम संचालक बामदेव पोखरेलले सहभागी सबैलाई धन्यवाद दिँदै सरसफाइ अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । यो अभियानले कोहलपुरलाई स्वच्छ र सुन्दर बनाउन महत्त्वपूर्ण योगदान दिएको छ। आयोजक समूहले आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्ने जनाएको छ।

  • २७ पुष २०८१, शनिबार प्रकाशित

  • Nabintech