बाँके\सरकारले ७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ ।
गठबन्धनमा रहेका कांग्रेस र एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् ।
भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले नवनियुक्त अध्यक्षहरूलाई शपथ गराएका छन् ।
यसअघि ५८ जिल्लामा नियुक्त गरिएकोमा पछि अन्य जिल्लामा थपेर शपथ गराइएको हो ।
सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले ३५-३५ जिल्ला र ७ जिल्लामा मधेश केन्द्रित दललाई भाग लगाइएको थियो ।
सहमतिमा जिल्लाको नेतृत्व मिलाउने भनिए पनि एमाले र कांग्रेसले पाएकै केही जिल्लामा आन्तरिक विवादका कारण टुंगो लाग्न सकेको छैन ।