कर्णाली डेक्स\कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ। अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका-५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो। उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ।
उद्योगमा बर्सेनी एक हजार पाँच सय मेट्रिकटन अदुवा र बेसार प्रशोधन हुन्छ। एक हजार चार सयभन्दा बढी अदुवा उत्पादक किसान उद्योगसँग जोडिएको कम्पनीले जनाएको छ।
चालु आवमा आठ सय ५० रोपनीभन्दा बढी जमिनमा अदुवा लगाइएको तथ्याङ्क छ। २२ लाख किलो खरिद गरेर र दुई सय ३० टन सुकेको अदुवा यूरोप पठाउने लक्ष्य कम्पनीको छ। सात किलो आलो अदुवा सुकेपछि मात्र एक किलो सुकेको अदुवा बन्छ। कम्पनीमा एक सय ५० जना कामदार छन्। दैनिक एक सय २० जनाले काम गर्छन्।