४ माघ २०८१, शुक्रबार

शिक्षा तथा मानव श्रोत विभागले एक दिने कार्यशाला गोष्ठिको आयोजना गर्दै
  • न्युज मानसराेवर

बाँके\शिक्षा तथा मानव श्रोत विभागले बाल विकास तथा सामाजिक अध्यापन   विषयको  गराउने शिक्षकहरुलाई  एक दिने कार्यशाला गोष्ठिको आयोजना गर्ने भएको छ । नेकपा एमाले निकट शिक्षा तथा मानव श्रोत विभागको नियमित तेस्रो बैठकले उक्त निर्णय गरेको हो ।

कार्यशाला गोष्ठि यही माघ १२ गते शनिबार बाँके स्थित नेपालगञ्जमा गर्ने भएको हो ।

विभागको कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला सचिव बलराम भट्राईले विभागले शिक्षा क्षेत्रमा गर्न लागेको एक दिने प्रशिक्षण तथा कार्यशाला गोष्ठिले सिकाई आदान प्रदान हुने विश्वास व्यक्त गरे ।

उनले शिक्षा ऐन ल्याउनका निम्ति सरकारलाई ध्यानआकर्षण समेत गरिएको उल्लेख गर्दै नेकपा एमालेको नेतृत्वमा शिक्षा ऐन आएमा त्यसले शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको समाधान हुने दावि समेत गरे ।

कार्यक्रमा बोल्दै शिक्षा तथा मानव श्रोत विभागका प्रमुख सुर्य रोकायाले बाँके जिल्लाको परिक्षा प्रतिफल हेर्दा सन्तोषजनक नभएका कारण विभागले बाल विकासका सबै तथा कक्षा आठ र दशलाई अध्यापन गराउने सामाजिक शिक्षकहरुलाई एक दिने कार्य शाला गोष्ठिको आयोजना गर्न लागेको बताएका छन।  त्यसै गरी पौष २७ गते गर्ने भनिएको जेष्ठ कम्यूनिष्ट सम्मान कार्यक्रम भने प्रमुख अथितिको समय अभावका कारणले माघ १४ गते गर्ने निर्णय गरिएको छ ।

  • ४ माघ २०८१, शुक्रबार प्रकाशित

  • Nabintech