बाँके\भूमि समस्या समाधान आयोगका अध्यक्ष खननाथ खनाललाई बाँके जिल्लामा स्वागत गरिएको छ ।
नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य समेत रहेका खनाललाई बाँके जिल्लाको भूमि समस्या समाधान आयोगको जिल्ला अध्यक्षमा नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्री स्तरको बैठकले मिति २०८१।९।२९ गते नियुक्त गरेको थियो ।
२०८१ को दफा ८ को उपदफा(१)को खण्ड (क) अनुसार खनाललाई आयोगको बाँके जिल्ला अध्यक्षमा नियुक्त गरिएको हो ।
त्यसै गरी जिल्ला अध्यक्षको समय अवधि दफा ८ को उपदफा(३) अनुसार रहने उल्लेख गरिएको छ ।
आयोगका अध्यक्ष खनाललाई बैजनाथ गाउँपालिका नेकपा एमाले गाउँपालिका कमिटीले स्वागत तथा बधाई ज्ञापन गरेको हो ।
नेकपा एमाले बैजनाथ गाउँपालिका कमिटी अध्यक्ष मन बहादुर खत्रीले बधाई तथा स्वागत व्यक्त गर्दै अब यहाँ जिल्लाका अव्यवस्थित भूमिहिन दलित ,सुकुमबासीहरुको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन।
नेपाल सरकारले ३५ जिल्ला नेकपा एमाले तथा ३५ जिल्ला नेपाली कांग्रेस र ७ जिल्ला मधेश केन्द्रित दललाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय बमोजिम बाँके जिल्लामा नेकपा एमालेको भागमा आयोगको अध्यक्ष परेको हो ।
बाँके जिल्लामा हाल अव्यस्थित भूमिहिन दलित तथा सुकुमबासी ४३ हजार ७ सय ३७ को संख्या रहेको छ । खनाल आयोगको अध्यक्ष नियुक्त भएपश्चिात बाँकेमा आम सर्वसाधारण हर्षित भएका छन।