कोहलपुर \कोहलपुर नगर शिक्षा शाखाले सेनिटरी प्याड वितरण गर्ने भएको छ । संघिय सरकार मार्फत प्राप्त ५५ लाख ६६ हजार रकमबाट खरिद गरिएको सेनिटरी प्याड कोहलपुर नगर शिक्षा शाखाले वितरण गर्न लागेको हो ।
नगर शिक्षा शाखाले सामुदायिक विद्यालयमा अध्यक्षरत्त कक्षा ६ देखी कक्षा १२ सम्मका कूल ४ हजार २ सय ७१ छात्राहरुलाई सेनिटरी प्याड वितरण गर्न लागिएको कोहलपुर नगरपालिका शिक्षा अधिकृत शिला गौतमले जानकारी गराईन।
गौतमका अनुसार कोहलपुर क्षेत्रका कूल सामुदायिक विद्यालय ३१ रहेकोमा २० वटा विद्यालय जहाँ कक्षा ६ देखी १२ कक्षा सम्म संचालित विद्यालयमा मात्र वितरण गरिने उल्लेख गरिन।
स्थानीय तहमा सामुदायिक विद्यालयहरुमा निशुल्क सेनेटरी प्याड वितरण तथा व्यवस्थापन गर्नाका लागि नगर उप प्रमुखको संयोजत्वमा ७ सदस्य समिति रहने व्यवस्था रहेको छ ।उक्त समितिले गत आर्थिक वर्षमा सेनेटर प्याड खरिद गर्नाका लागि बोलपत्र आहवन गरेको थियो । सेनेटरी प्याड खरिदमा गत आर्थिक वर्ष हिनामिना भएका कारण खरिद कम्पनी लाई जरिवाना समेत गरिएको थियो ।
यस आर्थिक वर्षमा स्थानीय तहमा सामुदायिक विद्यालयहरुमा निशुल्क सेनेटरी प्याड वितरण तथा व्यवस्थापन समितिले कार्यविधि मार्फत कोहलपुर नगरपालिकाको जेन्सी शाखा मार्फत खरिद गरिएको छ ।
सेनिटरी प्याड प्राप्त गर्ने २० वटै विद्यालयले अब आफ्नो विद्यालय प्रशासन शाखामा दाखिला गर्नु हुन्छ । त्यस पनि विद्यालयमा अध्ययनरक्त कक्षा ६ देखी कक्षा १२ का छात्राहरुले सेनिटरी प्याड लिएको खण्डमा भरपाई गर्नु हुन्छ शिक्षा शाखा अधिकृत गौमतले जानकारी गराइन।