७ माघ २०८१, सोमबार

प्याब्सन कोहलपुरले स्थापना गर्यो सचिवालय
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुर नगर प्याब्सनले आफ्नो सचिवालय स्थापना गरेको छ । कोहलपुर नगर प्याब्सनको आयोजनामा यही ११ गते देखी १३ गते सम्म दोस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकूद प्रतियोगिता २०८१ संचालन  गरिने भएको छ ।

सचिवालय उद्घाटनमा निवर्तमान प्याब्सन जिल्ला अध्यक्ष यम बहादुर रावत प्याब्सन कोहलपुरका निवर्तमान अध्यक्ष गोविन्द्र सुवेदी प्याब्सन बाँकेका उपाध्यक्ष महेन्द्र शर्मा , कोहलपुर प्याब्सनका उपाध्यक्ष समिर घर्ती लगाएतको सह भागिता रहेको थियो । दोस्रो प्याब्सन खेलकूद प्रतियोगिता मात्र नभएर एउटा  उत्सव भएको  र त्यसलाई प्याब्सन कोहलपुरले स्थापित गरेको छ प्याब्सन बाँकेका निवर्तमान अध्यक्ष यम बहादुर रावतले भने ।

बालबालिकाहरुको शारीरिक, मानसिक, सामाजिक र बौद्धिक विकास गर्नको लागि खेलकुद अपरिहार्य हुन्छ । एउटा कुशल, अनुशासित स्वस्थ शरीर र स्वस्थ मस्तिष्क भएको जनशक्ति उत्पादन गर्न विद्यालयको भूमिका प्रमुख मानिन्छ त्यसै अनुरुप प्याब्सनले यो खेलकुद महोत्सवका रूपमा स्थापित गराएको हो रावतले भने ।

सचिवालय उद्घाटन पछि आफ्नो धारणा राख्दै  कोहलपुर प्याब्सनका अध्यक्ष रमेश केसीले  खेलहरुका सबै  गृहकार्यहरु सचिवालयबाट नै शुरु गरिने जानकारी गराएका छन। विद्यालय आफ्ना खेलाडिहरुको विवरण लगाएत कार्यहरु अब सचिवालय बाट शुरु गरिने प्याब्सन कोहलपुरका सचिव मित्रलाल वलीले जानकारी गराएका छन। हाल कोहलपुर प्याब्सनका कूल २८ वटा विद्यालय रहेका छन।

  • ७ माघ २०८१, सोमबार प्रकाशित

  • Nabintech