बाँके \कोहलपुर नगरपालिका वडा नं.२ मा संचालित कोहलपुर पाठशालाका बालबालिका च्याउ खेती मार्फत उद्यमशीलतामा लागेका छन।
कक्षा ६ मा अध्ययनरत्त बालबालिकाहरुले विद्यालयमा नै च्याउ खेति गरेका हुन।बालबालिकाहरुले पहिलो चरणमा च्याउ खेती गरेरे १० के.जी उत्पादन गरेका छन।
‘कोहलपुर नगरपालिकाको पाठ्यक्रम हाम्रो कोहलपुरलाई आधार बनाएर बालबालिकाहरुले च्याउ खेति गरेका हुन ‘कोहलपुर पाठशालाका प्र.अ शान्त बहादुर विसीले जानकारी गराए । उक्त च्याउँ खेति कक्षा ६ का २२ जना विद्यार्थीहरुले उत्पादन गरेका थिए ।
विसीका अनुसार कक्षा ६ मा अध्ययनरक्त बालबालिकाहरुले कूल ३ हजार लागतमा च्याउ खेति गरेका हुन। ‘अब हामीले यसरी नै बालबालिकाहरुलाई विद्यालय शिक्षा सँगै उद्यमशीलतातर्फ समेत ज्ञान दिने आर्थिक वर्षको कार्य योजना बनाएको विसी बताएका छन।
२०७२ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ४ सय ४५ जना विद्यार्थीहरुले अध्यापन गरिरहेका छन। कक्षा ६ मा अध्ययनरक्त विद्यार्थी शिवानी बारघरेले आफुले उत्पादन गरेको च्याउँ घरमा लगे पछि बुवा आम खुसी भएको अनुभव सुनाईन। बारघरेले भनिन हामीलाई पनि विद्यालयमा यसरी साथीहरुसँग काम गर्दा खुसी लागेको बताएकी छन। पछिल्लो समय विद्यालयले आफ्नै भवन मार्फत अध्ययनअध्यापन गराउदै आइरहेको छ ।