बाँके\बाँके जिल्ला अदालतले जन्मकैद सजाय तोकेका एक जना फरार प्रतिवादीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले १४ वर्षपछि पक्राउ गरेको छ। अदालतले सजाय तोके पनि १४ वर्ष ६ महिनादेखि फरार रहेका साबिक महादेवपुरी–५ तथा हालको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय धनबहादुर थारूलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो।
थारूलाई बाँके जिल्ला अदालतको २०७३ पुस १८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद सजाय तोकेको थियो। उनी १४ वर्ष ६ महिनासम्म फरार रहेका थिए।