कोहलपुर\कोहलपुर ११ स्थित समता स्कुलल जहाँ न्यूनतम शुल्क तथा सबै कक्षाहरुम एउटै शुल्कमा अध्यापन हुने गरेको छ । बुधबार उक्त स्कुलका छात्र छात्रा दुना टपरी नाउन व्यस्त थिए ।
२०७३ सालमा स्थापना भएको उक्त विद्यालयको बार्षिक क्यालेन्डर अनुसार दुना टपरी बनाउने कार्य गरिएको उक्त स्कुलकी प्रिन्सिपल लक्ष्मी पौडेलले बताईन। पौडेलले बालबालिकाहरुलाई अध्यापनसँगै बजारीकरण उत्पादन, शैक्षिक भ्रमण तथा जीवन उपयोगि क्रियाकलाप मार्फत अध्यापन हुने गरेको समेत जानकारी गराईन। कक्षा ३ मा अध्ययन गर्ने राधा डागी दुना टपरी बनाउन सिकेर खुसी लागेको बताईन।
समता स्कुलले खाना महोत्सन खेल सप्ताह लगाएतका कार्य गर्दै आइरहेको विद्यालयका निर्देशक रबि रोकायाले बताए । रोकायाले कोहलपुर नगरपालिकाको हाम्रो कोहलपुर पाठ्क्रमले समेत बालबालिकाहरुलाई जीवन उपयोगी सिप सम्बन्धि शिक्षा दिन समेत सहज भएको उल्लेख गरे ।
उनले कोहलपुर क्षेत्रमा न्यूनतम शुल्क तथा सबै कक्षाहरुमा एउटै शुल्क मार्फत अध्यापन गरिने समता स्कुल मात्र रहेको दावि गरे । उनले भने गुणस्तरीय शिक्षा सँगै जीवन उपयोगि शिक्षा विद्यालयको प्रमुख उदेश्य रहेको समेत बताए ।
यो सँगै समता स्कुलले प्याब्सन कोहलपुरले माघ ११ गते देखी १३ गते सम्म संचालन हुन लागेको कोहलपुर प्याब्सनको दोस्रो रनिङ शिल्ड प्रतियोगितामा समेत सहभागिता जनाएको छ । समता स्कुलको यो पहिलो पटक अन्य स्कुलहरुसँगको प्रतियोगिता हो ।
त्यसका लागि समता स्कुलले ५ जना खेलागिहरु दोस्रो प्याब्सन रनिङ शिल्ड प्रतियोगताका निम्ति तयारी गरिरहेको समता स्कुल कोहलपुरकी खेल शिक्षिका खिम सरा रानाले जानकारी गराईन।
त्यसै गरी माघ २१ गते श्रीपञ्चमी (सरस्वती पुजा)मा निशुल्क रुपमा भर्ना अभियान संचालन गरिएको समता स्कुलका विद्यालय विकास समितिका अध्यक्ष निम बहादुर वलीले जानकारी गराएका छन।स्कुलले प्रत्येक शुक्रबार बालबालिकाहरुको स्वास्थ्य परिक्षण समेत गर्ने गरेको स्कुलका अध्यक्ष वलीको भनाइ रहेको छ।