१० माघ २०८१, बिहीबार

हरिप्रसाद रावतको स्मृतिमा स्मार्टबोर्ड हस्तान्तरण
  • न्युज मानसराेवर

कोहलपुर\वागेश्वरी बहुमुखी क्याम्पसका पूर्व सञ्चालक समिति अध्यक्ष स्वर्गीय हरिप्रसाद रावतको स्मृतिमा स्मार्टबोर्ड हस्तान्तरण गरिएको छ ।

स्वर्गीय रावतको जन्मदिनको अवसरमा पारेर क्याम्पसलाई स्मार्टबोर्ड हस्तान्त्रण गरिएको हो । बिहीबार एक् कार्यक्रमका बीच स्वर्गीय रावतका छोरा यमबहादुुर रावतले स्मार्टबोर्ड सहयोग गरेका हुन् ।उक्त स्मार्टबोर्डको मूूख्य १ लाख ७० हजार मूूल्य पर्छ । वागेश्वरी बहुमुखी क्याम्पसको विकासका लागि महत्वपूर्ण भूमिका खेलेका रावत दुई कार्यकाल सञ्चालक समितिको अध्यक्ष बनेका थिए ।

उक्त अवसरमा बोल्दै स्वर्गीय रावतका कान्छा भाइ तथा कोहलपुर नगरपालिकाका संस्थापक नगरप्रमुख लूटबहादुर रावतले आफ्ना दाईले कोहलपुरको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनका अनुसार अहिलेको क्याम्पस निर्माणका लागि रावतसहितका शिक्षासेवीहरुको भूमिका महत्वपूर्ण छ । आफू गाविस अध्यक्ष हुँदा क्याम्पसको विकासका लागि खेलेको भूमिकाबारे बताउँदै रावतले त्यतिबेला क्याम्पसलाई संस्थागत रुपमा दीर्घकालीन बनाउनुपर्छ भनेर पहल गरेको जानकारी दिए ।

यस्तै स्वर्गीय रावतका छोरा यमबहादुर रावतले आफ्ना बुवाले वागेश्वरी बहुमुखी क्याम्पसको स्थापना र विकासका लागि भूमिका खेलेकोबताए । ‘उहाँले क्याम्पसको लागि धेरै योगदान दिनुभयो ।बुवाको जन्मदिनमा धेरै मायाको गरेको ठाउँमा केही सहयोग गरौ भन्ने लागेर सहयोग गरेको हो ।’उनले भने।रावतले अहिले एउटा मात्रै स्मार्टबोर्ड सहयोग गरेको भन्दै आगामी बैशाखसम्म अर्को बोर्ड सहयोग गर्ने पनि घोषणा गरे ।

स्मार्टबोर्ड हस्तान्त्रण कार्यक्रममा बोल्दै वागेश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दानबहादुर हमालले वागेश्वरी क्याम्पसलाई यो स्थानसम्म ल्याउन रावत परिवारको भूमिका अतुलनीय रहेको बताए । प्रविधिमैत्री क्याम्पस बनाउन स्मार्टबोर्ड सहयोग कोशेढुंगा सावित भएको उनको भनाइ थियो । उक्त अवसरमा क्याम्पसका विद्यार्थी,प्रध्यापक तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

  • १० माघ २०८१, बिहीबार प्रकाशित

  • Nabintech