लुम्बिनी\कम भिजिबिलिटीमा पनि अवतरण गर्न मिल्ने गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा बिहीबारदेखि आरएनपी-एआर (रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स-अथोराइजेसन रिक्वायार्ड) प्रणाली सुरु गरिएको छ।
१८ सय मिटर भन्दा कम भिजिबिलिटी हुँदा अवतरणमा समस्या नहोस् भन्नका लागि विमानस्थलमा आरएनपी-एआर प्रणाली सुरु गरिएको हो।यो भू-उपग्रहमा आधारित प्रणाली हो। कम प्रकाशमा उडान र अवतरणका लागि विमानस्थलमा आईएलएस (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम) जडान भए पनि छिमेकी देश भारतले सहमति नदिँदा यो प्रविधि सञ्चालनमा हुन सकेको छैन।