कोहलपुर \कोहलपुर प्याब्सन रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८१ का निम्ति आज कोहलपुरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।
उक्त प्रभातफेरी कार्यक्रमका कोहलपुरका २६ विद्यालय तथा बैजनाथ गाउँपालिकाका ६ विद्यालय गरी ३० विद्यालयको सहभागिता थियो । प्रभातफेरी कार्यक्रममा ५ हजारको सहभागिता रहेको आयोजकको दावि रहेको छ ।
कार्यक्रका अथिति,समाजसेवि पत्रकार शिक्षक विद्यार्थी गरी ६ हजारको सहभागिता रहेको प्रतियोगिताका खेल मार्सल दिनेश सिग्देलले बताए । प्रभातफेरी उत्साहमय भयो।आज हामीले कोहलपुरको इतिहास बनाएका छौँ ‘हामीले आभारभूत स्कुल बाट एक सय ५० विद्यार्थी र कर्मचारीगरी २ सय अनिवार्य सहभागि भनेका थियौ । ‘त्यसै गरी माध्याकिक विद्यालय बाट दुई सय विद्यार्थी तथा कर्मचारी गरी ३ सयको उपस्थिति अनिवार्य गराइएको प्याब्सन नगरका अध्यक्ष रमेश खत्रीले भनेका छन ।