बाँके\बाँके राष्ट्रिय निकुञ्जमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ। राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सिक्टास्थित निकुञ्जको कोर एरियामा शुक्रबार बिहान मृत अवस्थामा पाटेबाघ भेटिएको हो।बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी संरक्षण अधिकृत मन्दीप पंगेनीले निकुञ्जको टोली गस्तीमा जाने क्रममा उक्त स्थानमा मृत अवस्थामा पाटेबाघ भेटिएको जानकारी दिएका छन।