बाँके\बाँकेका ३५ हजार बढी किशोरीलाई माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप दिइने भएको छ। बाँकेका आठ स्थानीय तहका विद्यालयमा अध्ययनरत ३३ हजार ३७५ र विद्यालय बाहिर रहेका दुई हजार ८५० गरेर ३५ हजार ४४ जना किशोरीलाई एचपिभी खोप लगाउने स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराएका हुन।