बाँके । नेकपा एमालेको भातृय संगठन शिक्षा तथा मावन श्रोत विभागले एक दिने प्रशिक्षण कार्यशाला गोष्ठि सम्पन्न गरेको छ ।
प्रारम्भिक बालविकास सिकाई प्रभावकारी बनाउन उक्त एक दिने प्रशिक्षण कार्याशाला गोष्ठी गरिएको हो ।
एक दिने प्रशिक्षण कार्याशाला गोष्ठीको उद्घाटन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला ईन्चाज शान्ति ढकालले प्रविधिमैत्री शिक्षा अध्यापन गराउन आजको आवश्यकता रहेको उल्लेख गरेकी छन।
ढकालले नेकपा एमालेको नेतृत्वको सरकारले शिक्षा ऐन ल्याउन गृहकार्य गरिरहेको समेत बताईन। उनले शिक्षा तथा मावन श्रोत विभागले पछिल्लो समय जिल्लाका शिक्षा क्षेत्रमा रहेका समस्याहरु बारे पहिचान गरिरहेको समेत उल्लेख गर्दै धन्यवाद समेत व्यक्त गरिन।
त्यस्तै कार्यक्रममा नेकपा एमाले जिल्ला सचिव बलराम भट्राईले नेकपा एमालेले सबै क्षेत्रका समस्याहरुको पहिचार र त्यसका लागि आवश्यक सुधारउन्मुख नीति मार्फत जनताको सेवामा क्रियाशिल भइरहेको बताए ।
उनले प्रारम्भिक बालविकास सिकाई प्रभावकारी बनाउन राखिएको एक दिने गोष्ठिले मात्र नपुग्ने बताउदै त्यसलाई राज्यले नीतिगत रुपमा बालविकास सहजकर्ताहरुलाई क्षमता विकासका कार्यक्रम संचालन गर्न आवश्यक रहेको औल्याएका थिए । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संघ केन्द्रीय सदस्य वामदेव सुबेदी नेपाल राष्ट्रिय शिक्षक संघ बाँके अध्यक्ष रेखा धिताल लगाएतले कार्यक्रम बारे आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम शिक्षा मानव श्रोत विभागका प्रमुख सुर्य रोकायाको अध्यक्षतामा आयोजना गरिएको थियो ।
जिल्लाका ३० भन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालयमा आवद्ध प्रारम्भिक बालविकास सहजकर्ताहरुको सहभागिता रहेको थियो ।