१७ माघ २०८१, बिहीबार

बालकको करेन्ट लागि मृत्यु
  • न्युज मानसराेवर

बाँके\बाँकेको कोहलपुरमा घाँस काट्नका लागि जङ्गलमा गएका एक बालकको करेन्ट लागि मृत्यु भएको छ।

कोहलपुर नगरपालिका वडा नम्बर १२ का १४ वर्षीय बालक सन्दीप अर्यालको घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ।

सन्दीप अर्याललाई कोहलपुर नगरपालिका वडा नम्बर १२ स्थित रक्षा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्ने क्रममा करेन्ट लागेको थियो।

घाँस काट्नका लागि कुसुमको रुखमा चढेका सन्दीपलाई विद्युतको हाइटेन्सन लाईनमा छुन पुग्दा करेन्ट लागेको  अनुमान गरिएको छ ।

  • १५ माघ २०८१, मंगलवार प्रकाशित

  • Nabintech