१७ माघ २०८१, बिहीबार

अब कोहलपुरमा विशषेज्ञ दन्त स्वास्थय सेवा
  • न्युज मानसराेवर

बाँके\बाँकेको कोहलपुरमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दन्त शिक्षा सम्बन्धि अध्ययनरअध्यापनकासाथै उपचार सेवा समेत शुरु गरिएको छ । गत श्रावण ४ गतेदेखी डेन्टल अस्पताल सुरु गरेको कलेजले दन्त स्वास्थ्य सेवासँगै दन्त शिक्षा संकायको अध्ययन शुरु गरेको हो ।

अस्पताल परिसरमा मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै कलेज प्रशासनले पुष २५ गतेदेखी डेण्टल कलेजमा अध्ययन/अध्यापन सुरु भईसकेको जनाएको हो । काठमाण्डौं विश्वविद्यालयबाट स्वीकृत प्राप्त कोहलपुर डेन्टल अस्पतालमा पहिलो वर्षमा बि.डि.एस. कार्यक्रमतर्फ १५ जना र बि.एम.एल.टी.तथा बि.एम.आई.टी. तर्फ ५/५ जना विद्यार्थीको कोटा प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ ।

विश्वविद्यालयको प्रावधान अनुसार बि.डि.एस. कार्यक्रमतर्फ अधिकतम ४० तथा बि.एम.एल.टी. र बि.एम.आई.टी. तर्फ २०/२० जना विद्यार्थी कोटा निर्धारण हुने भए पनि आवश्यक पुर्वाधारको अभावमा पहिलो चरणमा तिन कार्यक्रमकालागी २५ जना विद्यार्थीको कोटा सुनिश्चित भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार विएनले जानकारी दिए ।

अस्पतालले दन्त परिक्षण सम्बन्धि ९ वटा डिपार्टमेण्टको स्थापना गरी अति विशिष्ट बिशेषज्ञद्वारा उच्चस्तरिय सेवा समेत प्रवाह गर्दै आईरहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

त्यसैगरी दाँत सम्बन्धी सबै प्रकारका रोग पत्ता लगाउने बिशेषज्ञ सेवा, दाँतको जरा सम्बन्धि सम्पूर्ण उपचार सेवा स्वास्थ्य शिविर र जन समुदाय स्तरमा दाँत सम्बन्धी जनचेतना जस्ता डिपार्टमेन्टहरु संचालनमा आएको नेपालगन्ज मेडिकल कलेज कोहलपुरका सम्पर्क अधिकृत रामकृष्ण हमालले जानकारी दिए । लर्ड बुद्ध एजुकेशनल एकेडमी लि. द्वारा सँचालित नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर २०५३ सालदेखि सँचालनमा रहँदै आएको छ ।

  • १५ माघ २०८१, मंगलवार प्रकाशित

  • Nabintech