१७ माघ २०८१, बिहीबार

बाँकेमा नागरिकस्तरबाट क्रियापुत्री भवन निर्माण
  • न्युज मानसराेवर

बाँके\बाँके जिल्ला स्थित नेपालगन्जमा नागरिकस्तरबाट रु एक करोड बढीको लागतमा क्रियापुत्री भवन निर्माण गरिएको छ । बढ्दो सहरीकरणका कारण घरघरमा काजक्रिया कर्म गर्न असहज हुँदै गएपछि नेपालगन्ज उपमहानगरपालिका–४ स्थित शिव पार्वती मन्दिर अगाडि किरियापुत्री भवन निर्माण गरिएको हो । करिब तीन कठ्ठा जग्गाभित्र रु. एक करोड १६ लाख ६७ हजार ८८० लागतमा साढे दुई तले सुविधा सम्पन्न क्रियापुत्री भवन निर्माण गरिएको निर्माण समितिका संयोजक सेमराज शाक्यले जानकारी  गराएका छन।

  • १७ माघ २०८१, बिहीबार प्रकाशित

  • Nabintech