बाँके\नेपाल राष्ट्रिय शिक्षक संगठन बाँके जिल्ला कार्य समितिको १४ औं जिल्ला अधिबेशनबाट नयाँ कार्य समिति निर्वाचित गरिएको छ ।
बाबुराम अधिकारीको नेतृत्वमा २५ सदस्यीय नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्य समिति निर्वाचित भएका हुन।
त्यसै गरी महिला उपाध्यक्ष ,शान्ति आचार्य खुला उपाध्यक्ष भिम खरेल निर्वाचित भएका छन। संगठनको सचिवमा डा. पुर्ण बहादुर शाही र कोषाध्यक्ष शशिराम बुढाथोकी सह कोषाध्यक्ष बिमला रावत निर्वाचित भएका छन।त्यसै गरी सह सचिब शान्ति कँडेल ,सदस्यहरू रबिन्द्र सुवेदी, संजिव चौधरी, यम भुसाल, कर्ण बि सी, दामोदर उपाध्याय, निम खत्री, कृष्ण रावत, दुर्गा सिग्देल, प्रकाश खड्का, भीम थापा, पि एम ओली, सुमित्रा धिताल, अनु राना, शोभा रेग्मी, छायाँ खत्री, बबिता द्विवेदी, सर्वेश यादव र राधेश्याम यादव निर्वाचित भएका हुन।
जिल्ला निर्वाचनका लागि कूल २०७ मतदातले मतदान गरेका थिए ।