कोहलपुर\चौथो दिनसम्म आउँदा कृष्ण माविले १० स्वर्ण, ७ रजत र ४ कास्य प्राप्त गरेको छ । मावि तहतर्फ कृष्ण माविले आफ्नो बर्जस्व कायम गरेको हो ।यस्तै त्रिभूवन माविले ६स्वर्ण, ४ रजत र २ कास्य प्राप्त गरी आफ्नो लय कायम गरेको छ भने बालविद्या माविले समेत ६ स्वर्ण, १ रजत र १ कास्य ल्याएको छ । यस्तै अन्य कोहलपुर बागेश्वरी ईमी र गोर्खा यूनाईटेडले २/२ स्वर्ण ल्याएका छन भने पञ्चमूखी, ब्राइटलाइट, डाइनामिक, सगरमाथा ज्ञानपुञ्ज स्कुल, बागेश्वरी एकेडेमीले १/१ स्वर्ण प्राप्त गरेका छन।
आवि र माविमा ५४ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ भने आविको लागि छात्र भलिबल मात्र बाँकी रहेको आयोजकले जनाएको छ ।
आवि र माविमा ५४ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ भने आविको लागि छात्र भलिबल मात्र बाँकी रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्रीले जानकारी गराएका छन ।
तियोगितामा एथ्लेटिक्स, भलिवल, कपडी र मार्सलआर्ट रहेका छन् । यो वर्षदेखि चेस विधा थपिएको छ । तियोगितामा कोहलपुर नगरक्षेत्रका (सामुदायिक र निजी) ५३ विद्यालयका २ हजार १ सय ६७ जना खेलाडी (छात्रछात्रा) हरुले प्रतियोगितामा सहभागि छन । त्यसै गरी छात्र १ हजार ३ सय ७ जना र छात्रा ८ सय ६० जना छन् ।