१९ माघ २०८१, शनिबार

२०४९ सालदेखि २०७९ सालसम्मका आफ्ना उम्मेदवार खोज्दै
  • न्युज मानसराेवर

बाँके\नेकपा एमाले निकट स्थानीय तह विभागले २०४९ सालदेखि २०७९ सालसम्म नेकपा एमालेको तर्फबाट स्थानीय तहमा उठाइएका उम्मेदवारहरूलाई क्षमता अभिबृद्धि गर्ने भएको छ ।

स्थानीय तह विभाग प्रमुख मिन बहादुर मल्लको अध्यक्षतामा बसैको बैठकले उक्त निर्णय गरेको हो । त्यसै गरी विभागले आफ्नो संगठन स्थानीय तह सम्म संगठन विस्तार गर्ने निर्णय समेत गरेको छ ।

विभागको बैठकमा केन्द्रीय सदस्य बाँके क्षेत्र नम्बर १ का संघीय सांसद सूर्य ढकाल, केन्द्रीय सदस्य बाँके क्षेत्र नम्बर २ का इन्चार्ज पशुपति दयाल मिश्र र जिल्ला अध्यक्ष निर गुरुङ लगाएको सहभागितामा उक्त निर्णय गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा सांसद सुर्य ढकालले संगठनले गर्न लागेका कार्य योजनामा सफल बनाउन  सबै क्रियाशिल हुन आग्रह गरेका छन। उनले स्थानीय तहसम्म स्थानीय जनताका आवज उठाउन र एमाले कार्यकता आम नागरिकसँग नागरिकका समस्याहरुमा जोडिन समेत आग्रह गरेका छन।

त्यसै गरी २०४९ सालदेखि २०७९ सालसम्म नेकपा एमालेको तर्फबाट स्थानीय तहमा उठाइएका उम्मेदवारहरू नामावली फागुन १० गतेभित्र सङ्कलन गरी स्थानीय विभागमा पेश गर्ने र २०८१ साल फागुन २४ गते नेकपा एमाले महासचिव शंकर पोखरेलको प्रमुख अतिथि र लुम्बिनी प्रदेश इन्चार्ज पद्म अर्यालको विशेष उपस्थितिमा एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने स्थानीय तह विभाग प्रमुख मिन बहादुर मल्ल जानकारी गराएका छन।

  • १९ माघ २०८१, शनिबार प्रकाशित

  • Nabintech