१ जेष्ठ २०८२, बुधबार

पाँच हजार किशोरीलाई लगाइयो एचपिभी खोप
  • न्युज मानसराेवर

बाँके\बाँकेका पाँच हजारभन्दा बढी बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । जिल्लाका पाँच हजार १४ जना बालिका र किशोरीलाई पहिलो दिन एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

जिल्लाका चार वटा पालिकामा सुरु गरिएको पहिलो चरणको खोप कार्यक्रम अनुसार नेपालगन्ज, कोहलपुर, खजुरा र जानकीमा पहिलो दिन पाँच हजार १४ जना बालिका र किशोरीलाई खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराएका छन।

  • २३ माघ २०८१, बुधबार प्रकाशित

  • Nabintech