२७ बैशाख २०८२, शनिबार

बाँकेमा दुई लाख ५७ हजार बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने
  • न्युज मानसराेवर

बाँके\बाँकेका तीन पालिकामा १३ पटकसम्म लगातार औषधी खुवाउँदा पनि हात्तीपाइले रोगका सङ्क्रमित भेटिएपछि १४ औं पटक औषधी खुवाउने अभियान सुरु गर्न लागिएको छ। ती पालिकामा सबैले औषधी नखाइदिएकै कारणले हात्तीपाइले रोगका सङ्क्रमित भेटिएको हुँदा १४ औ पटक यो अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको हो ।

जिल्लाको नेपालगन्ज उपमहानगरपालिकामा फागुन पाँच तथा डुडुवा र नरैनापुरमा फागुन सात गतेदेखि आम औषधी सेवन अभियान सुरु हुन लागेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले जानकारी गराएका हुन ।

हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रमबारे पत्रकारसँग बुधवार आयोजित अन्तरक्रिया कार्यक्रममा शाहीले केहीले औषधि खाने र केहीले नखाइदिने गरेका कारण समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको समेत बताए । शाहीका अनुसार सो अभियान अन्तर्गत बाँकेमा दुई लाख ५७ हजार बढीलाई औषधि खुवाइँदैछ ।

  • ३० माघ २०८१, बुधबार प्रकाशित

  • Nabintech